सुनको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

जुन आजसम्मको सबैभन्दा बढी हो ।

यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्च रेकर्ड राखेको थियो । मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here