टेलिग्रामका प्रमुख डुरोभलाई फ्रान्स बाहिर जान प्रतिबन्ध

काठमाडौं । टेलिग्रामका प्रमुख तथा संस्थापक पाभेल डुरोभलाई फ्रान्स बाहिर जान प्रतिबन्ध लगाइएको छ। ३९ वर्षीय डुरोभलाई हिरासतमा राखिएको छैन, तर न्यायिक निगरानीमा राखिएको छ।

म्यासेजिङ एपमा भएको संगठित अपराधको अनुसन्धानका क्रममा फ्रान्समा औपचारिक अनुसन्धानको दायरामा राखिएको हो । उनले ५० लाख युरो अर्थात ४२ लाख अमेरिकी डलर धरौटी तिर्नुपर्ने बताइएको छ ।

रुसी मूलका अर्बपति, जो फ्रान्सेली नागरिक पनि हुन्, उनले हप्तामा दुई पटक फ्रान्सेली पुलिस स्टेशनमा उपस्थित हुनुपर्दछ । त्यस्तै उनलाई फ्रान्सेली क्षेत्र छोड्न अनुमति छैन। डुरोभलाई गत शनिबार पेरिसको उत्तरमा रहेको ले बोर्गेट विमानस्थलमा पुगेपछि एपसँग सम्बन्धित अपराधको अभियोगमा पक्राउ गरिएको थियो ।

टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here