उच्च अंकले ओरालो लाग्यो नेप्से, खुम्चियो कारोबार

काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेदेखि उतारचढावबीच नेप्से अन्तिम समयमा ३६.८३ अंकले घट्दै २७ सय ४९.५७ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबारमा आएका ३ सय २२ कम्पनीका २ करोड ८३ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच भएको छ। जसबाट १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

आज कारोबार अवधिभर म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा १ सय ८८ कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये बाँकी ५३ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here