साढे ८ अंकले बढ्यो नेप्से, साढे १७ करोडको कारोबार

काठमाडौं, १६ असोज । बुधवार ओरालो लागेको शेयर बजार साताको अन्तीम दिन भने उकालो लागेको छ । विहिवार नेप्से परिसूचक ८.६९ अंकले बढेर १ हजार १ सय ४९.४० अंकमा उक्लिएको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि उकालो लाग्यो । सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर २ सय ५१.९७ अंकमा उक्लिएको छ ।

विहिवार फाइनान्स बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

विहिवार सबैभन्दा धेरै उत्पादन समुहको सूचक बढ्यो । उत्पादनको सूचक ३.५२ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको १.२३ प्रतिशत, जीजन बिमा कम्पनीको ०.९९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

विहिवार १ सय ५३ कम्पनीको ६ लाख ४७ हजार ५ सय ६२ कित्ता शेयर किनबेच हुँदा १७ करोड ६६ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै युनिरिभर नेपाल लिमीटेडका शेयर धनीले कमाए । युनिरिभर शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, सप्तकोशी विकास बैंकको ४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनाइटेड फाइनान्सका शेयर धनी रहेका छन् । फाइनान्सको शेयर मुल्य ९.३१ प्रतिशत घट्यो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४.८१ प्रतिशत बढ्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा सोल्टि होटल रहेको छ । होटलले ३ करोड १३ लाख ९९ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here