१२७ अंक बढ्यो सेयर बजार, कारोबारमा पनि बृद्धि

काठमाडौं । सोमबार सेयर बजार १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ ।

आज कारोबार रकममा पनि बृद्धि भएकोछ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ ।

सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

२३९ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here