कफीमा घ्यू मिसाएर खाँदा फाइदै फाइदा

काठमाडौं । धेरै कफी खाँदा स्वास्थ्यलाई घाटा हुने कुरा त सबैलाई थाहा नै होला । तर, केही यस्ता मानिसहरु पनि छन् जसलाई कफीको बेफाइदाहरुको बारेमा पूर्ण रुपमा जानकारी हुँदा पनि कफी छोड्न सक्दैनन् ।

तर, धेरै मात्रामा कफी खाने बानी भएका मानिसहरुलाई पनि कफी फाइदाजनक हुने कुरा पत्ता लागेको छ । केही नयाँ उपाय अपनाएर हामीले खाने कफीलाई हामी स्वस्थकर बनाउन सक्छौं ।

के तपाईंले किटो कफीको नाम सुन्नु भएको छ ?

भर्खरै मात्रै बजारमा चलनमा आएको किटो कफी स्वास्थ्यको लागि फाइदाजनक हुने कुरा चिकित्सकहरुले पनि बताएका छन् ।

कीटो कफी भनेको कफीमा घ्यू हालेर प्रयोग गरिने वा खाईने कफी हो । यो पनि एक प्रकारको डाइटकै रुपमा खाईन्छ । यसमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाईन्छ ।

कीटो कफीको फाइदाः

१. पाचन प्रकृया स्वस्थ बनाउछ

धेरै मानिसहरुलाई कफी नपच्ने पनि हुन्छ । खाली पेट कफी खानु राम्रो मानिंदैन । तर, किटो कफी भने खाली पेट खाँदा पनि स्वास्थ्यलाई कुनै प्रकारको हानी गर्दैन । किटो कफीले पेटको जलन कम गर्नुका साथै शरीरमा क्याल्सियमको मात्रामा पनि वृद्धि गर्छ ।

२. तौल कम गर्न सहयोग

अनावश्यक रुपमा तौल बढ्नु आजको सबैभन्दा ठूलो समस्या हो । यस्तो अवस्थामा मानिसहरु तौल कम गर्नको लागि सबै प्रकारका चिल्लो पदार्थहरु बाट टाढा बस्न खोज्छन् । तर, कत्ति पनि चिल्लो पदार्थ नखानु स्वास्थ्यको लागि झनै हानीकारक हुनसक्छ । त्यसकारण किटो कफीले डाइटको रुपमा काम गर्छ ।

३. भरपुर क्यालोरी

यदि तपाईं बिहानमा कफी खान रुचाउनु हुन्छ तर भरपुर मात्रामा पौष्टिक तत्व पाईदैन् कि भन्ने चिन्तामा हुनुहन्छ भने किटो कफी तपाईंको सबैभन्दा उत्कृष्ट छनोट हुन सक्छ । शरीरमा एक छुट्टै प्रकारको उर्जा दिनको लागि पनि कीटो कफी फाइदाजनक हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here