पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई भारी मतान्तरले पराजित गर्दै सापकोटा विजयी भए । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे । पाण्डे माओवादी केन्द्र निकट मानिन्छन् । सापकोटा एमाले निकट मानिन्छन् ।

उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार थिए । तर, कांग्रेसको असन्तुष्ट समूहले भने पाण्डेलाई साथ दिएको छ । त्यसको फाइदा पाण्डेलाई भयो । महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा (५५०) विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरे ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भए । प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।

सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बधाई भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here