सेयर बजार २८३० अंकमा, कारोबारमा पनि बृद्धि

काठमाडौं । मंगलबार सेयर बजार ६ दशमलव ९४ अंकले बढेको छ । आज नेप्से २८३० अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको भयो । आज कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।

मंगलबार निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४ दशमलव७८ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बीमा समूह २ दशमलव २८ प्रतिशत, विकास बैंक १ दशमलव ३२, होटल तथा पर्यटन ० दशमलव६५, माइक्रोफाइनान्स ०दशमलव ३६ प्रतिशतले बढेको छ। यता बैंक ० दशमलव६७, फाइनान्स १ दशमलव ५७, हाइड्रोपावर ० दशमलव ५०, लगानी ० दशमलव ४४, उत्पादन ० दशमलव१४, अन्य ० दशमलव १८ र ब्यापार ०दशमलव ४१ प्रतिशतले घटेका छन् ।

१२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इस्नर्ट हाइड्रोपावर, सप्तकोशी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै नेपाल इन्स्योरेन्स ७दशमलव७, सम्पदा लघुवित्तको ६ दशमलव ८, प्रभु इन्स्योरेन्सको ६ दशमलव१, सानिमा रिलायन्स लाइफको ६ प्रतिशत मूल्य बढ्यो । हिमालयन पावर पार्टनरको ८ दशमलव८, दोल्ती पावरको ८ दशमलव ४ प्रतिशत मूल्य घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here