प्रचण्डको ओलिलाई जवाफ ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ देख्नेछन् ‘

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओललीलाई अब जनताको राउण्ड किक देख्ने बताएका छन् । ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको जवाफमा उनले यस्तो भनेका हुन ।

‘प्रधानमन्त्रीमा बसेका मान्छेले प्रचण्डलाई राउण्ड् किक हानेको भनेछन् अव जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन’ उनले भने । साथै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नआफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

शहीदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here