अस्ट्रेलियाको राजदूतमा कांग्रेसले चित्रलेखा यादवलाई सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउने तयारी गरेको छ। सत्ता गठबन्धनमा राजदूत भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेकोले यादवलाई राजदूत बनाउन लागेको हो ।

कांग्रेसले संवैधानिक परिषद्‌बाट निर्णय गर्ने गरी प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गरेको छ। अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालले इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगी स्वदेश नफर्काएको उजुरी परेपछि उनको नाम फिर्ता लिइएको थियो ।

पूर्वकोषाध्यक्ष यादव हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here