उच्च अंकले घट्यो नेप्से, कारोबारमा पनि कमी

काठमाडौं। साताको दोस्रो कारोबार दिन आज नेप्से परिसुचक उच्च अंकले घटेको छ। नेप्से ५५ दशमलव ८६ अंकले घट्दै २६ सय ४६ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय २७ कम्पनीका २ करोड १० लाख ४८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

२ सय २२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने जम्मा २२ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here