कुनै पनि सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्न नपाईने

काठमाडौं । अब कुनैपनि सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली टीएमएस नचलाउने नमिल्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । देशभरका सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पत्ता लगाएपछी यस्तो कार्य रोक्न भनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here