सेयर बजारमा उत्तारचढाव,१३ दशमलव ०९ अंकले घट्दै बजार बन्द

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति आधा घण्टामा ६० अंकसम्मले बढेको नेप्से अन्तिम समयमा १३ दशमलव ०९ अंकले घट्दै २६ सय ३२ को विन्दुमा झरेर बन्द भएको हो ।

आज ३ सय २८ कम्पनीका १ करोड ९० लाख ७७ हजार बढी कित्ता ९३ हजार ४ सय बढीपटक किनबेच भएको छ । जसबाट ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।

आज कारोबारमा आएकामध्ये व्यापार समुहको परिसुचक उकालो लागेको छ । त्यस्तै होटल तथा पर्यटन समुहको परिसुचक यथावत रहेको छ भने बाँकी सबै समुहको परिसुचकमा गिरावट देखिन्छ । आज १ सय ७० कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । ६७ कम्पनीको सेयरमुल्यभने बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here