२६१० अंकमा झरेर बन्द भयो बजार, कारोबारमा पनि कमी

काठमाडौं । बुधबार नेप्से परिसूचक २२ दशमलव७३ अंक घटेर २६१० मा पुगि बजार बन्द भएको छ । आज कारोबार रकम पनि ७ अर्बमुनि खुम्चिएको छ ।

अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ८५ करोडमा सीमित भयो । आज कारोबारमा आएका ६६ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ४ को स्थिर रहेको छ ।

बुधबार फाइनान्स ०.४३, निर्जीवन बीमा ०.०१ र व्यापार ०.१६ प्रतिशत बढे । बैंकिङ ०.९३, विकास बैंक १.०२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.९२, लगानी १.८७, उत्पादन १.०१, माइक्रोफाइनान्स ०.५४, अन्य ०.६१ प्रतिशत घटेकाछन् ।

विन नेपाल लघुवित्तको १०, थ्रीस्टार हाइड्रोको ९.४ तथा समाज लघुवित्तको ६.८ प्रतिशत मूल्य बढ्यो । एसियन हाइड्रोपावरको ६.८ प्रतिशत मूल्य घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.८, मनकामना इन्जिनियरिङको ४.६ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here