संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो ।

सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा गति लगायत अन्य विश्वव्यापी चुनौतीबाट लड्नका लागि विविधतामा एकतामा आफ्नो दृष्टिकोण पेश गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे ।

उनले समतापूर्ण आर्थिक उन्नती हासिल गर्नुपर्नेमा जोड दिए । यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्ने बताए ।

फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए । यसक्रममा उलने देशहरुलाई गाजा क्षेत्र, हैटी, युक्रेन र अफ्रिकाको ग्रेट लेक्स क्षेत्रमा जारी हिंसा अन्त्यको पहल गर्न आह्वान गरे ।

साथै अन्तर्राष्ट्रिय कानुन र न्यायको फ्रेमवर्कलाई बलियो बनाउन प्रयास गर्दै मावनीय सहायताका लागि आपसी समन्वयलाई बढावा दिइने बताए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बैठकलाई सम्बोधन गरेका थिए । संकटले घेरिएको विश्वको समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here