काठमाडौं । विश्व प्रसिद्ध पोचुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर पाउने पहिलो व्यक्ति बनेका छन् ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब, क्वाइस्चो र विबोमा गरी उनले एक अर्ब बढी फलोअर पाएका हुन्। बुधबार उनले युट्युबमा रोड टु वान बिलियन लेट्स ब्रेक द रेकर्ड क्याप्सन राखेर युट्युबमा भिडिओ लाइभ गरेका थिए ।
सो भिडिओ अहिले पनि स्ट्रिमिङ भइरहेको छ ।
उनले दुई साताअघि युट्युबमा नयाँ अकाउन्ट खोलेका थिए । युट्युवमा रोनाल्डोको ६ करोड ६० लाख फलोअर्स पुगेका छन् ।