सर्वोच्चले गर्यो यस्तो आदेश, अब अदालतमा पनि टीएमएस नचल्ने

काठमाडौं । देशका कुनैपनि अदालतहरूमा अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।

२३ भदौमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले शुक्रबार एक सूचना जारी गर्दै उच्च अदालत र उच्च अदालतका इजलास, जिल्ला अदालत र निकायहरूमा सेयर कारोबार गर्न टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयमा टीएमएस नचलाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेकोमा सोही सूचनाको आधारमा सर्वोच्च अदालतले अदालतमा समेत टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here