एनपीएलको मार्की प्लेयर टुंगो लाग्यो, ८ वटै टिमले पाए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिमको मार्की प्लेयर नेपाल क्रिकेट संघले शनिबार टुंगो लागेको छ ।

शनिबार आयोजित कार्यक्रममा ८जना मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

जसअनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउने बताइएको छ । एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here