उच्च अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ५० दशमलव ७३ अंकले घट्दै २६ सय ३७ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय १९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै २४ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here