२५ सय ७६ को विन्दुमा झरेर बन्द भयो सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ४ अंकले घट्दै २५ सय ७६ को विन्दुमा झरेर रोकिएको हो ।

आज ३ सय २० कम्पनीका १ करोड ३९ लाख ५२ हजार बढी कित्ता सेयर किनबेचबाट ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार बराबरको कारोबार भएको छ ।

आज बैंकिङ र निर्जीवन बीमा समुहको परिसुचक उकालो लागेको छ भने अन्य ११ समुहको परिसुचक ओरालो लागेका छन । कारोबारमा आएका १ सय ६३ कम्पनीको सेयरमुल्य घट्दा जम्मा ७४ कम्पनीको सेयरमुल्य मात्रै उकालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here