आईसीसी विश्वकप लिग–२ मा गुलसनको विश्व कीर्तीमानी

काठमाडौं । नेपालका युवा अलराउण्डर गुलसन झाले विश्व कीर्तिमान बनाएका छन् । आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् । दुई विश्व प्रशिद्ध खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै कीर्तिमानी राखेका हुन्।

उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारे। यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो ।

त्यस्तै पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए । वेस्टइण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा सो सफलता पाएका थिए । नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।

गुलसनले लिग–२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाएर अर्को रेकर्ड राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here