नोट जतन गर्न राष्ट्र बैंकको अपिल, फोहोर गरे कारवाही

काठमाडौं १९, असोज । अनावश्यक रुपमा नयाँ नोट नलिन र लिएका नोटहरु पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्छ ।

प्रमाण सहित उजुरीका आधारमा पनि प्रहरीले कारवाही गर्ने छुट कानूनले दिएको छ ।

‘टिका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रंग लागेका वा मैलिएका हातले नोट छुदा त्यस्ता नोट चलनचल्तिमा आउन नसक्ने भएको हुँदा त्यस्तो कार्य नगरौ नगराऊ,’ राष्ट्र बैंकले सूचनामा भनेको छ, ‘आफूलाई आवश्यक पर्ने भन्दा बढी रकम बैंकमा जम्मा गर्ने बानी बसालौं । नोट राष्ट्रको सम्पत्ति हो । यसको हिफात गरौं ।’

यस्तै, नेपाली नोट कुनै पनि बहानामा रंग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार विगार्ने जस्ता कार्य गरी नोटको दुरुपयोग गर्ने गराउने उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारणमा सूचित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here