इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार पाउने गरी नतिजा सार्वजनिक भएको हो ।

गत १८ देखि २४ भदौसम्म भएका सीप परीक्षणमा मा ८९३२ जना सहभागी भएका थिए । जसमा ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
कोरियाको मानव संशासन विभागले ३ असोजमा यो नतिजा दिएपछि आज ४ असोजमा परीक्षाफल प्रकाशन भएको हो । अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि सबैको मेडिकल टेस्ट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here