रास्वपाको टोली १० दिने भ्रमणका लागि चीनतर्फ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको टोली १० दिने भ्रमणका लागि चीनतर्फ लाग्दैछन । उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली शनिबार राति चीनतर्फ जान लागेको हो ।

टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्यहरु बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेका छन् ।

उनीहरुले त्यहाँ सिचुवान विश्वविद्यालयको भ्रमण, इनोभेसन सेन्टरहरुको अवलोकन गर्ने छन् ।