गैर आवासीय नेपाली संघको विश्व सम्मेलनका लागि नाम दर्ता सुरु

काठमाडौं १९, असोज । नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता सुरु भएको छ ।

सम्मेलनमा सहभागी हुनका लागि शनिवार देखि नाम दताए सुरु भएको काठमाडौं स्थित गैर आवासीय नेपाली संघको सचिवालयले जनाएको छ ।

शनिवार नै विभिन्न मुलुकबाट आएका प्रतिनिधि तथा अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यले आफ्नो नाम दर्ता गरेको सचिवालयको विज्ञप्तिमा उल्लेख छ ।

नाम दर्ता सुरु भए पनि दशैका लागि केही दिन स्थगित गरिनेछ । दशै पछि असोज २३ गते (१० अक्टोवर) देखि फेरी नाम दर्ता सुचारु हुने संघले जनाएको छ ।

सम्मेलनमा भाग लिनमा लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधीहरु काठमाडौं आउने अनुमान गरिएको छ । अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यको सम्मेलनमा भागलिनको लागि आउने क्रम जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here