अधिकांश समुह उकालो लाग्दा ११ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । आज ११.५८ अंकले उकालो लाग्दा सेय बजार २५ सय ८८.३५ को विन्दुमा उक्लिएर रोकिएको हो ।

यसदिन ३ सय २५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर किनबेच भएको छ जसबाट ९ अर्ब ९ करोड २९ लाख ४८ हजारको कारोबार भएको हो।

कारोबारमा आएकामध्ये वित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ ।

आज १ सय ३८ कम्पनीको सेयरमुल्य बढेको छ। त्यस्तै ९४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here