नेप्सेमा उच्च अंकको गिरावट, कारोबारमा भने झिनो सुधार

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से उच्च अंकले घटेकोछ । आज नेप्से ५९ दशमलव २ अंकले घट्दै २५ सय २९ दशमलव ३३ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २९ कम्पनीका १ करोड ३५ लाख ३५ हजार ९ सय बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट ५ अर्ब ६६ करोड ३ लाख २ हजारको कारोबार भएको छ । आईतबार ५ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज सबै समुहका परिसुचक ओरालो लाग्दा २ सय २९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । १४ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here