नेप्सेले भन्यो ‘सामाजिक सञ्जालको विश्लेषण हेरेर लगानी नगर्नुस, जोखिममा परिएला ‘

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले लगानीकर्तालाई सामाजिक सञ्जालका विश्लेषणलाई आधारमानेरलगानी नगर्न अनुरोध गरेको छ । नेप्सेले एक सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएका विश्लेषणको आधारमा लगानी नगर्न अनुरोध गरेको हो।

‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन’सूचनामा भनिएको छ । फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ ।

यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here