२४ सय ७० को विन्दुमा झरे बन्द भयो बजार, कारोबारमा पनि गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से उच्च अंकले घट्दै २४ सय ७० को विन्दुमा झरेर रोकिएको छ । ५८ दशमलव९३ अंकले घट्दै २४ सय ७०.३९ को विन्दुमा झरेर रोकिएको हो ।

आज ३ सय ९ कम्पनीका १ करोड ५५ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार माथि पुगेको छ । जुन अघिल्लो कारोबार दिन सोमबारको तुलनामा केहि कम हो ।

आज सबै समुहका परिसुचकहरु ओरालो लाग्दा २ सय ३३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । कारोबामा आएका १० कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here