रोजगार संयोजक नै फेल, २३९६८ उमेदवारमध्ये मध्ये ५२१ मात्र उत्तीर्ण

क्लाउडपत्रिका
काठमाडौं, १४ फागुन । सरकारले ७५३ स्थानीय तहमा नियुक्तीका लागि मागेको रोजगार संयोजकत्व पदमा चाहिएजति उमेदवार पास हुन सकेनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत ४ माघमा ७५३ रोजगार संयोजकका लागि आवेदन मागेको थियो । उक्त पदका लागि देशभरबाट २३ हजार ० सय ६८ जनाको आवेदन पर्यो । उक्त संख्याबाट २ हजार २ सय ६५ जना मात्र उमेदवार प्रारम्भिक योग्यताक्रममा उत्तीर्ण भए ।

मन्त्रालयले प्रारम्भिक सूचिबाट सोमबार अन्तिम सूचि सार्वजनिक गरेको छ । जसमध्ये ५ सय २१ जना मात्र उत्तीर्ण भएको मन्त्रालयले जानकारी दिएको छ । छन्तिम छनोटमा परेका रोजगार संयोजकसँग करार सम्झौता गरी योग्यताक्रम अनुसार आफूले रोजेको स्थानीय तहमा जाने पाउने व्यवस्था गरिएको छ । यी रोजगार संयोजकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रयोजनका लागि सबै स्थानीय तहमा खटाउन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here