नेप्सेमा दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ८४ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से अन्तिम समयमा ३२ दशमलव ८१ अंकले घट्दै २४ सय ८६.७६ को विन्दुमा झरेर रोकिएको हो ।

आज ३ सय २२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र व्यापार बाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय १ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बिहीबार ३९ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here