नारायणगढ-मुग्लिन सडकखण्डमा आज र भोली राती सवारी चलाउन रोक

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डमा आज राति र भोलि राति गाडी चलाउन नपाइने भएको छ।

आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ ।

निरन्तर पानी परिरहेकोले सो निर्णय गरिएको हो । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here