आइतबार सार्वजनिक बिदा

काठमाडौं २४, असोज । आइतबार सार्वजनिक विदा हुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको हो । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । सोही प्रस्ताव मन्त्रीपरिषदले पारित गरेको हो ।

चीनका राष्ट्रपति सी शनिवार साँझ नेपाल आउदै छन् । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । उनको भ्रमणलाई सहज र सुरक्षित बनाउन पनि आइतबार सार्वजनिक विदा दिइएको हो ।

यसअघि पनि विदेशी उच्चस्तरिय पाहुनाहरु नेपाल आउदा सार्वजनिक विदा दिने गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here