झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

काठमाडौं । झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

तीन ओटा गाडीबाट ३५ जनाको शव निकालिएको हो । शनिबारदेखि उत्खनन् शुरु भएको थियो । शनिबार राति लु १ ख ४५७८ नम्बरको विंगरबाट १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए ।

त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको छ ।

त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् । निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here