प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० हजारमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार आज चाँदीको मूल्य मंगलबारको तुलनामा १५ रुपैयाँले घट्दै प्रतितोला १९ सय २५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here