सेयर बजार ११५ अंकको बृद्धि, कारोबार दोब्बर

काठमाडौं । मंगलबार ११४ दशमलव ७० अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २६२३ अंकमा पुगेको छ । आज कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भएको हो ।

मंगलबार कारोबारमा आएका २४३ कम्पनीको मूल्य बढेको छ भने एउटा स्थिर र एउटा घटेको छ । आज सबै क्षेत्रका सूचक बढेका छन् । यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

आज बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशतले बढेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here