दुर्गा प्रसाई एक लाख घरौटीमा छुटे

काठमाडौं । दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०र ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले बताए ।

यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो। अदालतको आदेशपछि प्रसाई छूटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here