झ्याप्ले खोलाको पहिरो फेरि खोतलियो, सवारीलाई पालैपालो आउजाउ गराउदै

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ। पहिरोमा थप सवारी साधन पुरिएको हुन सक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो। पहिरोमा परि तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको थियो ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर बुधबार बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ।

सवारी साधनको चाप बढीहुँदा जोखिमपूर्ण स्थानहरूमा जाम हुन नदिन काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here