हेलिकोप्टर दूर्घटनामा पर्यटन मन्त्री अधिकारीको निधन

क्लाउड पत्रिका
काठमाडौं, १५ फागुन
हेलिकोप्टर दूर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दूर्घटनामा परी निधन भएको छ । बुधबार ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको एएस३५० हेलिकोप्टर दूर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको हो ।

दूर्घटनामा परी यति एयरका संचालक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक इ. धुर्वदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको हो । ताप्लेजुङस्थित पाथिभरा देविको दर्शन गरी काठमाडौं फर्कन क्रममा हेलिकोप्टर दूर्घटनामा परेको त्रिभुवन अन्तरराष्टिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।

उडेको एक मिनेट मै दूर्घटना
विमानस्थल कार्यालयका अनुसार हेलिकोप्टरका पाइलटले अन्तिम पटक करीव साढे १२ बजे सम्पर्क गरी बाक्लो हिमपातका कारण उड्न नसक्ने जानकारी गराएका थिए । त्यसपछि उनले टावरमा कुनै सम्पर्क गरेनन् । बाक्लो हिमपात र हावाहुरीका कारण हेलिकोप्टर दूर्घटनामा परेको आंशका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here