अदुवाको प्रयोगले कम हुन्छ कपाल झर्न, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । टुक्रने र झर्ने कपाल देखर धेरै मानिसलाई चिन्ता हुनु सामान्य कुरा हो । धेरै मात्रामा चिन्ता लिँदा भने झन धेरै कपाल झर्ने खतरा हुन्छ ।

यदि तपाईंको पनि कपाल झर्छ र यो चिन्ताबाट छुटकारा पाउन चाहनुहुन्छ भने छालामा कुनै प्रकारको असर नगर्ने अदुवा तपाईंलाई सबैभन्दा उपयोगी हुन सक्छ ।

अदुवामा धेरै मात्रामा मिनरल्स र एन्टीअक्सीडेंट्स हुन्छ जसले कपालमा उपयुक्त मात्रामा पोषण पुर्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

१. कपाल झर्ने समस्यालाई कम गर्छ अदुवा
यदी तपाईंको कपाल धेरै मात्रामा झर्छ भने अदुवाको प्रयोगले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । अदुवा म्याग्नेसियम, फस्फोरस र भिटामीनले भरिपूर्ण हुन्छ । अदुवाको रसमा एक चम्चा बदामको तेल मिसाएर राती सुत्नु भन्दा अगाडी कपालमा लगाएर राम्रोसँग मालिस गरेमा कपाल झर्न कम हुन्छ । हप्तामा ३ दिन यस्तो गर्दा कपाल झर्न कम हुन्छ ।

२. चायाको समस्या कम
कपाल झर्ने सबैभन्दा मुख्य कारण चाया नै हो । चाया हामीलाई कपालको समस्या जस्तो लागेता पनि यो मुख्य रुपमा छाला सम्बन्धी समस्या हो । छालामा केही समस्याको कारण चाया देखा पर्ने गर्छ । अदुवामा एन्टीब्याक्टेरियल गुण हुने कारण यसको प्रयोगले छालामा भएको ब्याक्टेरीया मार्ने काम गर्छ जसको कारण चाया बस्न सक्दैन ।

३. रक्तसञ्चारमा वृद्धि
अदुवाको रस टाउकोमा लगाउँदा कपालको जरामा पूर्णरुपमा रक्तरसञ्चार हुने गर्छ । अदुवामा पाइने विशेष प्रकारका तत्वले रक्त सञ्चारमा सहयोग गर्छन । टाउकोमा पूर्णरुपमा रक्तसञ्चार भएमा पोषक तत्व प्राप्त हुने भएको कारण कपाल झर्न कम हुन्छ ।

४. कपाललाई पोषण प्रदान गर्छ
धेरै मात्रामा मिनरल्स र भिटामिनको साथसाथै अन्य प्रकारका पोषक तत्वहरु कपालले अदुवाको माध्यमबाट प्राप्त गर्न सक्छ । यसका अलवा कपाललाई स्वस्थ राख्नको लागि अदुवाको पाउडरलाई दहीमा मिसाएर कपालमा लगाउन पनि सकिन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here