मुग्लिन नारायणगढ सडकखण्डको टोपेखोलामा गाडीमाथि ढुंगा बजारियो, ५ जना घाइते

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका टोपेखोलामा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

शनिबार राति ढुंगा खसेर बसमा लाग्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घाइते हुनेहरुमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।

काठमाडौंबाट बर्दिया जान थालेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६(००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो । माइक्रोबसका यात्रुलाई केही भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here