सेयर बजारका सबै सूचक उकालो लाग्दा बढेन कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । जसले गर्दा नेप्से परिसूचक ५६ दशमलव ०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएर बन्द भएका छन् ।

आज परिसुचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भएको हो । २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रहेको छ । आज फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो ।

बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशत बढे ।

न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मध्यभोटेकोशीको ९.७, इस्टर्न हाइड्रोपावरको ९.६, गुडविल फाइनान्सको ९.२७, सिनर्जी पावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here