बिवेकशील शेयर लगानीकर्ता कसरी बन्ने ? यस्तो छ धितोपत्र बोर्डको सुझाव

डा. नबराज अधिकारी
निर्देशक, नेपाल धितोपत्र बोर्ड

शेयर बजार यस्तो लगानीको क्षेत्र हो जहाँ तपाईंले थोरै लगानीमा पनि आफ्नो कारोबार शुरु गर्न सक्नुहुन्छ र विस्तारै त्यसलाई बढाउँदै लैजान सक्नुहुन्छ । तर, यो प्राविधिक क्षेत्र हो । आफूले लगानी गर्ने कम्पनीको बारेमा आधारभूत जानकारी नलिइकन लगानी गरेमा त्यसले राम्रो प्रतिफल नदिने मात्र होइन कतिपय अवस्थामा लगानी डुब्ने संभावना समेत हुन्छ ।

नेपालको शेयरबजार छिमेकी मुलुकको भन्दा बढी संवेदनशील भएको विज्ञहरु बताउँछन् । त्यसैले पनि यहाँ लगानी गर्दा अतिरिक्त जानकारी तथा सावधानी आवश्यक छ ।
त्यसका लागि हामीले नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नबराज अधिकारीले दिएको सुझाव यहाँ प्रस्तुत गरेका छौं:

 दीर्घकालिन लगानी अर्थात् लामो समयका लागि धितोपत्रमा लगानी गर्ने, छोटो समयका लागि धितोपत्रमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन सक्दछ किनकी लगानी जती बढी समयका लागि गरियो जोखिम व्यवस्थापन त्यती नै सहज हुने गर्दछ ।

 दोस्रो बजारमा उपलब्ध सेयरमा लगानी गर्दा न्यून मूल्य आय अनुपात हुने सेयरलाई प्राथमिकता दिई लगानी गर्ने, यस्तो प्राथमिकताले सेयरको वर्तमान मूल्य भन्दा भविष्यको संभावनालाई जोड दिन्छ जून न्यूनतम लगानीमा बढी प्रतिफल आउने हुन्छ ।

 सेयरमा लगानी गर्दा छोटो समयमा हुने मूल्य प्रवृत्ति भन्दा लामो समयमा हुने मूल्य प्रवृत्तिलाई बढी जोड दिने ।

 अर्थतन्त्रको तरलताको अवस्था, देशको राजनैतिक अवस्था तथा सरकारको स्थिरता सम्बन्धमा सदा सचेत भई लगानी गर्ने ।

 लगानी सम्बन्धमा भरपर्दो सूचना तथा जानकारीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., नेपाल राष्ट्र बंैंक, अर्थ मन्त्रालयको वेबसाईट नियमित रुपमा हेर्ने, आर्थिक पत्रपत्रिका तथा नियमन निकायको नीति निर्देशन, उद्योग व्यवसायको संभावना र कम्पनीको मूल्य संवेदनशील सूचना नियमित रुपमा अध्ययन विश्लेषण गर्ने ।

 लगानीलाई विविधिकरण गर्ने, सेयर खरिद बिक्रीको उपयुक्त समय पत्ता लगाउने ।

 लगानी गर्दा अपेक्षित प्रतिफल किटान गर्ने र किटान गरिएको प्रतिफल प्राप्त हुने वित्तीकै सेयर बिक्री गर्ने, असिमित प्रतिफलको अपेक्षा नगर्ने ।

 आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी आवश्यक ज्ञान प्राप्त गर्ने तथा सोही अनुसार विश्लेषण गरी लगानी गर्ने ।

 सम्बन्धित ऐन नियममा लगानीकर्ताको हकहित सम्बन्धमा भएका व्यवस्थाहरु तथा लगानीकर्ताको प्रतिफल सम्बन्धी कम्पनीको निर्णयका सम्बन्धमा सुसूचित भई लगानी गर्ने ।

 सुसूचित, संयमित तथा विवेकशील भई जोखिम वहन गर्ने क्षमता अनुसार धितोपत्रमा लगानी गर्ने ।

 दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, कम्पनी प्रबद्र्धक तथा व्यवस्थापनको व्यवसायिक इमानदारिता, भावी योजनाहरु, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्ने ।

 सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति, लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङ्गको स्तर जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गर्ने ।

 सूचिकरण खारेजी भएका तथा सूचिकरण नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओटिसी ९इत्ऋ० बजारबाट कारोवार गर्न सकिने सम्बन्धमा जानकार रहने ।

(डा. अधिकारीले एक तालीम कार्यक्रममा दिएको प्रस्तुतिको सम्पादित अंश)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here