गुगललाई प्रतिद्वन्द्वी एप स्टोरका लागि एन्ड्रोइड खोल्न अदालतको आदेश, प्ले स्टोरमार्फत अवैध एकाधिकार कायम गरेको ठहर

Source: play.google.com

अमेरिका । गुगलको सर्च इन्जिन अवैध एकाधिकार भएको एक अमेरिकी अदालते ठहर गरेको छ । क्यालिफोर्नियाको एक जुरीले सोमबार फैसला गर्दै गुगलले आफ्नो एन्ड्रोइड प्ले स्टोरमार्फत अवैध एकाधिकार कायम गरेको ठहर गरेको छ ।

प्रविधि क्षेत्रको भीमकाय कम्पनी गुगलले आफ्नो एन्ड्रोइड स्मार्टफोन अपरेटिङ सिस्टमलाई प्रतिद्वन्द्वी एप स्टोरहरूका लागि खोल्नुपर्ने आदेश अदालतले दिएको छ । यो फैसला कम्पनीका लागि नयाँ झट्का भएको विज्ञहरुले बताएका छन । किनकि यसअघि अगस्त महिनामा पनि एक संघीय अदालतले गुगलको सर्च इन्जिन अवैध एकाधिकार भएको फैसला सुनाएका थिए ।

विश्वका करिब ७० प्रतिशत स्मार्टफोनमा गुगलको अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

अदालतको नयाँ आदेशअनुसार, गुगलले तीन वर्षसम्म इन-एप भुक्तानी विधिहरूको प्रयोगलाई रोक्न पाउने छैन । साथै प्रयोगकर्ताहरूलाई प्रतिस्पर्धी तेस्रो पक्षका एन्ड्रोइड एप स्टोरहरू डाउनलोड गर्न अनुमति दिनुपर्नेछ । यस आदेशले गुगललाई आफ्नो एप स्टोर प्रि-इन्स्टल गर्न स्मार्टफोन निर्माताहरूलाई भुक्तानी गर्न दिनेछैन । र अन्य एप वितरकहरूसँग प्ले स्टोरमार्फत उत्पन्न हुने राजस्व बाँड्नबाट पनि रोक्छ ।

न्यायाधीशले परिवर्तनहरूको कार्यान्वयनको निगरानी गर्न र उत्पन्न हुने कुनै पनि विवाद समाधान गर्न तीन सदस्यीय प्राविधिक समितिको स्थापना गर्न आदेश दिएका छन् । अदालतको आदेश नोभेम्बर १ देखि लागू भएको छ भने केही प्रावधानहरू जुलाई १ सम्म कार्यान्वयन गर्न समय दिइएको छ ।

गुगलले यस आदेशलाई चुनौती दिँदै अपील गरेको छ । नयाँ आदेशले अनपेक्षित परिणाम निम्त्याउने र अमेरिकी उपभोक्ता, विकासकर्ता र उपकरण निर्मातालाई नोक्सान पुर्याउने उसको तर्क छ ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here