ऋणीलाई जानकारी नदिइ धितोमा रहेको सेयर विक्री गर्न नपाइने व्यवस्थामा थप कडाई

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि धितोमा रहेको सेयर विक्रीका लागि लिलाम विक्री गर्दा ऋणीलाई जानकारी दिनु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्नेछ ।

यसका लागि ऋण प्रवाह गर्दा बैंकले दिने ‘प्रडक्ट पेपर’मै सेयर लिलामी प्रक्रियालगायत सबै व्यवस्था उल्लेख गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्ने व्यवस्था पुरानै हो ।

‘बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ,’ राष्ट्र बैंकले पछिल्लो निर्देशनमार्फत यो व्यवस्था गरेको हो ।

यस्तै, मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिने यसअघिको व्यवस्था थप प्रभावकारी रुपमा कार्यान्यन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here