गुजरातमा पर्खाल भत्कियो, कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म ६ जनाको शव निकालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

बीबीसीका अनुसार एक १९ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँ नजिकै दिउँसो १२ बजेर ४५ मिनेट जाँदा पर्खाल भत्किएको हो ।

अधिकारीका अनुसार निर्माणस्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो । मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्याङ्कीका लागि खाल्डो खनेका थिए । सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here