स्याङजाको सुन्तला र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने महासंघ अध्यक्षको प्रतिवद्धता, लगानी एकीकृत गर्न आग्रह

`
काठमाडौं, ३० कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवद्र्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता गर्ने बताएका छन् ।

स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा ढकालले १० अर्व रूपैयाँको लगानीमा कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताएका छन् ।

‘जिल्ला जिल्लाका व्यावसायीहरु लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन,’ उनले भने, ‘यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

विगत डेढ बर्षको अबधिमा लगानी प्रवद्र्धनका लागि देश भित्र र बाहिर आफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउँदै महासंघकै पहलममा सरकारले लगानीमैत्री बातावरण बनाउन विभिन्न आठ वटा कानून संशोधन गरेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here