रेमिट्यान्स कम्पनीमा कडाइ, सब–एजेन्टले आफ्नो प्रतिनिधि बनाउन रोक

remit

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको कारोबार प्रणालीमा केही कसिलो व्यवस्था गरेको छ । जसअनुसार अब रेमिट्यान्स कम्पनीका सब–एजेन्ट÷सब–रिप्रिजेन्टेटिभले आफ्नो एजेन्ट बनाउन नपाउने भएका छन् ।

यसअघि कम्पनीका सब–एजेन्ट\सब–रिप्रिजेन्टेटिभले पनि आफ्नो प्रनिनिधि नियुक्त गरेर कारोबार गर्दै आएका थिए । राष्ट्र बैंकले एकिकृत परिपत्रमा स्पष्ट रुपमा रेमिट्यान्स कम्पनीहरुमा धेरै तहमा कारोबार गर्न नपाउने उल्लेख गरेको छ ।

‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, ०७९ बमोजिम इजाजतपत्र प्राप्त रेमिट्यान्स कम्पनीले बाहेक अन्यले सब–एजेन्ट÷सब–रिप्रिजेन्टेटिभ नियुक्त गर्न सक्ने छैनन्,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘रेमिट्यान्स कम्पनी र सब–एजेन्ट\सब–रिप्रिजेन्टेटिभबीचमा अन्य तह वा संरचना बनाउन पाइने छैन ।’

कम्पनीले नियुक्त गरेको सब एजेन्टले पनि पुनः सब एजेन्ट अथवा प्रतिनिधि बनाउने क्रम बढेकाले त्यसलाई रोक्न राष्ट्र बैंकले यो व्यवस्था गरेको हो । यसकारण नया“ निर्देशनमा राष्ट्र बैंकले रेमिट्यान्स कम्पनी र सब–एजेन्ट\सब–रिप्रिजेन्टेटिभबीच मात्र कारोबार हुनुपर्ने भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here