२७४५ अंकमा पुगेर बन्द भयो बजार, कारोबारमा बृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २ दशमलव४७ अंक बढेसँगै २७४५ मा कायम भएको हो ।

अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ६ अर्ब ८७ करोडको भयो । आज कारोबारमा आएका ८२ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ६ को स्थिर रह्यो ।

आज व्यापार समूह सबैभन्दा धेरै २ दशमलव १० प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ ० दशमलव ४०, फाइनान्स ० दशमलव५१, लगानी ० दशमलव ७१, उत्पादन ० दशमलव २१, अन्य ० दशमलव ३६ प्रतिशत बढेको नेप्सेले जानकारी दिएको छ ।

माइक्रोफाइनान्स ०।दशमलव १९, जीवन बीमा ० दशमलव २४, हाइड्रोपावर ० दशमलव १२, होटल तथा पर्यटन १ दशमलव ४८ र विकास बैंक समूह ० दशमलव६४ प्रतिशत घटेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here