एनटीएले खोज्यो मोबाइल, इन्टरनेट सेवा प्रदायकको आईएस अडिट गर्ने साइबर सुरक्षा कम्पनी, यस्ता छन् शर्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा परामर्श दिने कम्पनीहरूको रोस्टर तयार पार्ने भएको छ । प्राधिकरणले मोबाइल, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीको इन्फरमेसन सेक्युरिटी ९आईएस० अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्नेहरूको सङ्क्षिप्त सूची प्रकाशन गर्ने उद्देश्यका साथ रोस्टर तयार पार्न लागेको हो ।

प्राधिकरणले आर्थिक वर्ष २०८१\०८२ ९२०२४\२५० मा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको साइबर सुरक्षा अडिटका लागि यस्तो रोस्टर तयार पार्न लागेको जानकारी दिएको छ ।

साइबर सुरक्षा विनियमावली २०७७ अनुसार रोस्टरमा समावेश भएका साइबर सुरक्षा कम्पनी तथा फर्म सेक्युरिटी अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्न योग्य हुने प्राधिकरणले सक्नेछन् ।

रोस्टमा समावेश हुन चाहने कम्पनीले प्राधिकरणले तोकेको योग्यता तथा मापदण्डका आधारमा आवेदन दिन सक्नेछन् ।
यस्तो छ एनटीएले प्रकाशन गरेको सूचना
“>Nepal Telecommunication Authurity

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here